नेरेसो उपशाखा ८ को बार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं | चैत ५, २०७९
पोखरा: नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखा, कास्कीको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन जनप्रिय क्याम्पस संचालक समिति अध्यक्ष विरेन्द्र नारायण विजुक्छेले गरेका थिए । उनले प्राकृतिक विपत्तिमा रेडक्रसले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा अतिथिका तर्फबाट डोलराज पाण्डे, परशुराम बराल, हरि प्रसाद बराल, पवित्रा के.सी., सोमनाथ बराल, गणेश बहादुर अधिकारी र श्रीराम बराल लगायतले बालेका थिए । कार्यक्रममा रेडक्रसको सात सिद्धान्त वाचन गौरी पौडेलले गरेकी थिइन भने स्वागत कूलमाया पौडेलले र कार्यक्रमको संचालन पोखरा–८, उपशाखाका सचिव दानबहादुर गुरुङले गरेका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

